प्रदेश

राष्ट्रपति भण्डारी र साउदी अरबका विदेश मन्त्री बिच शिष्टाचार भेट



काठमाण्डौ, ०१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय महाराजगञ्जमा आज मङ्गलवार दिउँसो भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवम् चासोका विषयमा विचार–विमर्श भएको थियो । भेटमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

नेपाल र साउदी अरेबियाबीच १५ मार्च १९७७ मा कुटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ । दुवै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्त गरेका छन् र मानव जातिको साझा हितका लागि उक्त विश्व संस्थालगायत अन्य अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्दै आएका छन् ।

एक दशकअघि साउदी अरबमा नेपाली कामदारले रोजगारीका अवसर पाएपछि दुई देशका जनताबीचको सम्बन्ध विस्तारै बढ्दै गएको छ । चार लाखभन्दा बढी नेपालीले साउदी अरबमा श्रम गरिरहेको वर्तमान सन्दर्भमा भएको विदेश मन्त्रीको भ्रमणले नेपाली आप्रवासी कामदारका सेवासुविधा र अवसरमा बढोत्तरी हुने अपेक्षा गरिएको छ । नेपालीको कामप्रतिको समर्पण, निष्ठा, इमान्दारिताको साउदीका जनताले सराहना गरेका छन् जसले रोजगारीको सम्भावनालाई बढाएको छ । कोभिड–१९ को महामारीका बेला पनि साउदी सरकारले उदारतापूर्वक नेपाली कामदारलाई आवागमनलगायत काममा सहजीकरण गरेको थियो ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६