जीवनशैली

जातीय विभेद हुने गरी फेसबुकमा लेख्नेलाई दुई महिना कैद र २० हजार जरिवाना सहितको सजाय



उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० हजार जरिवाना सुनाएको छ।

कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र २० हजार जरिवाना हुने गरी सजाय सुनाएको हो।

उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यान दिँदै न्यूनतम सजाय गर्दा न्यायको मक्सद पूरा हुने हुँदा उक्त सजाय गरेको उच्च अदालत दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए।

पाण्डेले विसं २०७७ वैशाख २७ गते आफ्नो फेसबुक पेजमामा धनगढी उपमहानगरपालिकाका प्रमुख वडलाई लक्षित गर्दै जातीय विभेद हुने गरी लेखेको विषयमा उजुरी परेको थियो। तत्कालीन समयमा पतिराम सोवसहित चार जनाले पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।

सोही मुद्दामा कैलाली जिल्ला अदालतले विसं २०७७ मङ्सिर ३० गते प्रतिवादी पाण्डेलाई ५०० जरिवाना गराएको थियो। उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादीलाई दुई महिना कैद र २० हजार जरिवाना सहितको सजाय सुनाएको हो।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६