प्रदेश

आज राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाण्डाै १ चैत – सरकारले आज मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । चुनावी माहोलले गर्दा दलहरू गाउँ केन्द्रित भएको र एमालेको निरन्तरको अवरोधका कारण संसद् बैठक प्रभावकारी ढङ्गले सञ्चालन नभएकाे निष्कर्षसहित सरकारले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । 

संसद्को चालु अधिवेशन गएको मङ्सिर २८ गते सुरु भएको थियो । यो अधिवेशनमा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित हुनुबाहेक अरू महत्त्वपूर्ण काम हुन सकेन । 

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६