प्रदेश

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य, अझै मुल्य बढ्न सक्ने



काठमाण्डौ, ०२ चैत्र । भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

आईओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको दाबी गरेको छ । यस्तै डिजलमा अब ३६ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिलिटर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ ।

निगमको अहिलेसम्मको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको र नयाँ मूल्यअनुसार अब मासिक घाटा १० अर्ब रुपैयाँ पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६