अर्थ-वाणिज्य

‘१२ औं कपिलवस्तु महोत्सवको उद्घाटन दिनमा सबैलाई निशुल्क प्रवेश’



कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा भोलि सबैलाई निशुल्क प्रवेश गराईने भएको छ । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आगामी चैत्र ३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको हो ।

भोलि विहिबार उद्घाटन हुने कार्यक्रम रहेकाले सबैको सहभागिता होस् भनेर निशुल्क प्रवेश दिईने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेल जानकारी दिनुभयो । महोत्सवको करिब ९७ प्रतिशत तयारी पूरा भइसकेको र साँझसम्म सबै तयारी सकिने उहाँले बताउनुभयो ।

महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले दिउँसो साढे २ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले जानकारी दिनुभएको छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६