प्रदेश

वडाध्‍यक्ष र वडासचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं २ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका-१४ का वडाध्‍यक्ष भरतप्रसाद कुर्मी र वडासचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस वापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडासचिव राज कुमार सिंह, तत्कालीन वडासचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६