अर्घाखाँची २ चैत्र ।अर्घाखाँची जिल्लामा नेकपा (एमाले) ले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट हुने उम्मेदवार छान्ने तयारी गरेको छ । एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ स्थानिय तहका पालिका प्रमुख र ६१ वार्डका वडाध्यक्षको लागि पार्टीबाट उम्मेदवार छान्ने तयारी गरेको हो ।
अब केही दिनमा जिल्लाभरका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयर, वार्डका वडाअध्यक्ष र वडासदस्य उम्मेदवारहरुको घोषणा गर्ने एमालेको तयारी छ । स्रोतले जानकारी गराए अनुसार यतिबेला पार्टीबाट उम्मेदवार छान्न जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरु बीच छलफल शुरु भएको छ ।
प्रतिक्रिया