जीवनशैली

भान्सामा होस् वा गाडीमा होस् , इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनुपर्छ : मन्त्री भुसाल



पर्सा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले डिजल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युतको प्रयोगलाई बढाउन सबैमा आग्रह गर्नुभएको छ । 

मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज बुधवार वीरगञ्जमा आयोजना गरेको शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गर्नुभयो । नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

‘भान्सा होस् वा गाडी होस्, सिँचाइका लागि होस् वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनुपर्छ’, उहाँले भन्नुभयो । शहीद परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो । कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । शहीद परिवारलाई प्रतिमहिना तीन हजार रुपैयाँ उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र त्यो रकम उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । 

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताउनुभयो । 

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६