खेलकुद

अखिल नेपाल खेलकुद बाणगंगा नगर कमिटी गठन




हरि घिमिरे, ०२ चैत्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा अखिल नेपाल खेलकुद बाणगंगा नगर कमिटी गठन गरिएको छ । बाणगंगा नगरपालिका भित्रका खेलाडिहरुको भेलाले बाणगंगा नगर कमिटी गठन गरेको हो । जसको अध्यक्षमा सागर खासु मगर, उपाध्यक्षमा रमेस थारु, सचिवमा निर्मला पोख्रेल, कोषाध्यक्षमा दोन बहादुर सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा यादव नेपाली, गंगा रास्कोटि, सपना सिंजालि, ओम बहादुर थापा, सन्दीप घर्ती मगर, गोपाल थापा चयन भएका छन् । यस्तै अखिल नेपाल खेलकुद बाणगंगा नगर कमिटीको प्रमुख सल्लाहकारमा विष्णु शाह, सल्लाहकार सदस्यहरुमा कपिल पौडेल र जेदु आर्चाय रहेका छन् । बाणगंगा ४ नम्बरमा भएको कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय ईन्चार्ज तथा पुर्व बाणिज्य तथा आपुर्ती मन्त्री गणेश मान पुनले बाणगंगा नगर कमिटीका पदाधिकारहिरुलाई सपथ गराएका थिए । एक दर्जन भन्दा बढि खेलाडिहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन मिन प्रसाद पोख्रेलले गरेका थिए ।

प्रकाशित : २ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६