जीवनशैली

कपिलवस्तुमा होलीमा जबरस्ती रंग लगाए कारबाही : प्रजिअ पाण्डे



कपिलवस्तु ३ फागुन : स्थानीय प्रशासनले नजिकिदै गरेको होली पर्वमा जबरजस्ती कसैलाई पनि रंग, अबिर नहाल्न आग्रह गरेको छ । रंग नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रंग अबीर नपोप्न आग्रह गर्दै अटेर गरेको पाईए कारबाही गरिने प्रशासनले जनाएको छ । प्रजिअ चक्रपाणी पाण्डेयले होली पर्वको पुर्व सन्ध्यामा सुचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादीत, सभ्य र अनुशासित बनाउन आग्रह गरेका छन् ।

जबरजस्ती लोला हान्ने, रंग र फोहर पानी छ्रयाप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रशासनले अपील गरेको छ । कानुन बिपरित कार्यहरु गरिएको पाईए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाईएको छ ।

उता होलीलाई सभ्य र मर्यादीप बनाउन जिल्ला प्रहरी कार्यालय होली बिशेष सुरक्षा रणनीति तयार गरेको छ । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले सदभावका पर्वलाई स्वच्छ र मर्यादित पुर्वकारुपमा खेल्न आग्रह गरेका छन ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६