हरि घिमिरे, ०३ चैत्र ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको १२ औं कपिलवस्तु महोत्सव पुर्ण शुरक्षित भएको सुरक्षा संयोजक रनेन्द्र सेनले बताउनु भएको छ ।
महोत्सवमा हुने गतिविधी हरुको निगरानी गर्नका लागि आयोजकले सुरक्षालाई अब्बल गराएको हो । यसोत मेला महोत्सवहरुमा सुरक्षा आफैमा चुनैतिपुर्ण कुरा रहेकाले कपिलवस्तु उद्योग बाणिज्य संघले चुनैतिहरुको सामना गर्नका लागि विभिन्न तरिका बाट सुरक्षको व्यवस्था गरेको सुरक्षा संयोजक रनेन्द्र सेन सुरेन्द्रले प्रेस पटिलाई अनलाइन लाई जानाकाारि दिनु भयो ।
उहाँका अनुसार महोत्सवमा टप स्टार सेक्युुरीटि सर्भिसबाट ४२ जना , स्थानीय क्लव , सामाजिक सघं सस्थाका करिव १०० बढि युवाहरु सह संयोजकको रुपमा खटिने छन् । महोत्सव परिसरमा ३२ बढि सिसिटिभि क्यामेरा जडान गरिएको छ । सुरक्षका हिसाबले पनि महोत्सव भव्य हुने छ । फरक क्षमता भएका टिकट चेकमा राखिएको छ । जसले शुरक्षा तथा टिकटमा व्यवस्थापन गर्ने छन् ।
३ चैत्र २०७८, बिहिबार
प्रतिक्रिया