हरि घिमिरे, ०३ चैत्र ।
कपिलवस्तु उद्योग बाणिज्य संघ अध्यक्ष डोलकराम घिमिरेले १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनी लुम्बिनी प्रदेशको पहिचान र विकासका लागी रहको बताउनुभएको छ । संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको छ । अध्यक्ष घिमिरेले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा अहिलेको कमजोर आर्थिक अवस्थालाई माथि उठाउन समेत महोत्सव महत्वपूर्ण सावित हुने बताउनुभएको छ ।
यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि स्टलहरु रहेको उहाँको भनाई छ । जसले महोत्सव कपिलवस्तुको मान, प्रतिष्ठान एवम् शानको रुपमा रहने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘समग्र प्रदेशकै शानको रुपमा १२ औं कपिलवस्तु रहन्छ । सोही अनुुसार उद्घाटनको तयारीमा छौं ।’
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव संचालन गर्न लगिएको उहाँले बताउनुभयो । महोत्सवको शत प्रतिशत तयारी पूरा भइसकेका अध्यक्ष घिमिरेले बताउनुभयो । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । अध्यक्ष घिमिरेले सम्पूर्ण संचारकर्मी, उद्योगी व्यापारी, कृषक, विद्यालयका प्रधानाध्यापक, राजनैतिक दल, यस क्षेत्रका प्रभुत्व व्यक्तित्वहरु एवं यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु महोत्सव स्थलमा आई अवलोकन तथा सुझाव सल्लाह र सहयोग गरिदिनुहुन चुले निम्तो दिनु भयो ।
३ चैत्र २०७८, बिहिबार
प्रतिक्रिया