अन्तर्राष्ट्रिय

७ रेक्टरको भूकम्प जाँदा जापानमा ४ जनाको मृत्यु



एजेन्सी, ०३ चैत्र । उत्तर पूर्वी जापानामा बुधबार राति गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा चार जनाको ज्यान गएको छ । अरु ९० भन्दा बढी घाइते भएका छन् ।

११ वर्षअघि फुकुसिमा आणविक भट्टीमा क्षति पुग्ने गरी भूकम्प गएकै क्षेत्रमा बुधबार राति ७.३ म्याग्निच्युटको भूकम्प गएको थियो ।

भूकम्पको धक्काले राजधानी टोकियोका भवनसमेत हल्लिएका थिए । टोकियोमा ७ लाख घरमा र अन्यत्र १ लाख ५६ हजार घरमा विद्युत् अवरुद्ध भएको थियो । जसमध्येका अधिकांश घरमा अहिले विद्युत् सेवा पुनः सुरु भइसकेको छ ।

भूकम्प लगत्तै उत्तर पूर्वी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको भए पनि पछि त्यसलाई फिर्ता लिइएको थियो ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६