प्रदेश

नेपालमा अमेरिकी सेना आँउदैन, विद्युत विकास र बाटो निमार्ण हुन्छः गृहमन्त्री खाँण




कपिलवस्तु, ०३ चैत्र ।
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउनै नसक्ने बताउनु भयो ।

नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘एमसीसी आयोजनाबाट यहाँ विजुली विस्तार हुने हो । ट्रान्समिसन लाइन विस्तार हुने हो । बाटो घाटो निमार्ण हुने हो । भारत लगायतका देशलाई विजुली बेचेर बल्ल मुलुकको आर्थिक विकास हुन्छ ।’ बाटो घाटो निमार्णले हाम्रा उत्पादन निर्यात गर्न सजिलो हुन्छ ।

अधिकांस समय एमसीसी अनुमोदनको प्रष्टिकरणमै खर्चनु भएका गृहमन्त्री खाँणले एमसीसीपछि उर्जा उत्पादन भइ नेपालको विकास हुने बताउनु भयो । उर्जा र पर्यटनको विकासविना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै उहाँले एमसीसी राष्ट्रबादको लागि भएको दावी गर्नुभयो ।

एमसीसी अनुदान पाउन नेपालले बिभिन्न परीक्षा उत्तीर्ण गरेको पनि उहाँको प्रष्टिकरण छ ‘एमसीसी जुन पायो त्यही देशले पाउँदैनन् । नेपालमा प्रजातन्त्र छ । लोकतन्त्र छ । समयसमयमा निर्वाचनबाट प्रतिनिधि चुनिन्छन् । एकदलीय तन्त्र छैन । त्यसैकारण नेपालले एमसीसी परियोजना पायो । यी मुल्य र मान्यता नभएका देशमा अमेरिकाले एमसीसी परियोजना लग्दैन । शंका लागेका कुरामा हामीले १२ बुँदे ब्याख्यात्मक घोषणा पत्र लेखेका छौँ । ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ । सेना ल्याउँदैन ।‘

एमसीसीको सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुशल नेतृत्व देखाएको बताउनु भयो । गिरिजाप्रसाद कोइरालाले शशष्त्र द्धन्द्ध कालमा माओवादीलाई शान्ति धारमा ल्याएर कुशल नेतृत्व प्रदान गरेजस्तै पार्टी सभापति देउवाले पनि अहिले गिरिजालेजस्तै कुशल नेतृत्व प्रदान गरिरहेको बताउनु भयो । एमसीसी मुलुकको विकासको लागि भएकाले यस्ता मञ्चमा बोल्दा उद्योगी, ब्यवसायीले कम्तिमा पनि २ मिनेट यसको बारेमा बोल्नु पर्ने र आवश्यक सुझाव सरकारलाई दिनुपर्ने बताउनु भयो ।

गृहमन्त्री खाँणले भाषणको क्रममा अब सरकारले विजुलीको मुल्य घटाउन लागेको बताउनु भयो । रुस र युक्रेनको लडाईका कारण नेपालमा महङ्गी बढेको भन्दै उर्जा संकट कम गर्न विजुली बाल्नु पर्ने बताउँदै यसको लागि सरकारले चाँडै शुल्क घटाउने खाँणले बताउनु भयो ।

ब्यापारी ब्यवसायीको हक अधिकार र विकासको लागि अहिलेको सरकार प्रतिवद्ध रहेको बताउँदै कुनै पनि सरकारी कर्मचारीले ब्यापारी बयवसायीलाई असहयोग गर्न नहुने धारणा गृहमन्त्री खाँणको छ । कपिलवस्तुको विकासबारे खासै नबोल्नु भएका खाँणले लुम्बिनी प्रदेशको विकास भए मुलुकको विकास हुने धारणा राख्नुभयो । गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको सुचारुपछि यहाँको उद्योग, पर्यटन र कृषिको विकास हुने उहाँको भनाई छ । उहाँले बुद्धस्थल तिलौराकोटसंग जोडिएका परियोजनाहरुको संचालन र विकास चाँडै गर्ने बताउनु भयो । नागरिकसंग भेटघाट गर्दै गृहमन्त्री खाँण फर्कनु भएको थियो ।

महोत्सवको उद्घाटन कार्यक्रम संघका अध्यक्ष एवम् संयोजक डोलकराम घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष तथा निर्देशक छवि रेश्मीको स्वागत र महासचिव मनोज पौडेलको संचालनमा सम्पन्न भएको थियो । महोत्सव बुद्ध रंगशालामा चैत्र १३ गतेसम्म लाग्ने छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६