दाङ ३ चैत – देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको राम्रोसँग स्याहारसुसार गर्ने ३६ परिवारका छोरा–बुहारी तथा छोरी–ज्वाइँलाई सम्मान गरिएको छ ।
राप्ती गाउँपालिकाले नाै वटा वडाबाट ३६ जोडीलाई सम्मान गरेको हो । प्रत्येक वडाबाट चार जोडीका दरले श्रीमान्–श्रीमतीलाई सम्मान गरिएको हाे ।
ज्येष्ठ नागरिकको स्याहारसुसार तथा पालनपोषण गर्ने छोरा–बुहारी तथा छोरी–ज्वाइँलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिनुभयो ।
राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिककाे सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया