खोज–अनुसन्धान

प्रचण्डले फेरी फ्याँके स्थानीय चुनावमा एमाले कार्ड




बुटवल ४ चैत्र । जवजव कांग्रेसलाई तर्साएर हातलिन पर्ने हुन्छ तव तव माओावदी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंग सहकार्य हुन सक्छ भन्ने कार्ड फ्याँक्छन् । त्यस्तै कार्ड बीहिवार बुटवलमा फ्याँकेका छन् । अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका केही नेताहरुले अतिवादी कुरा गर्न थालेको भन्दै एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नुभएको हो । प्रशिक्षणको लागि रुपन्देहीको बुटवल पुगेका प्रचण्डले अहिले पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने विषयमा छलफल भइरहेको बेला नेपाली कांग्रेसका केही नेताहरुले चर्का कुरा गरेको भन्दै एमालेसँगको चुनावी तालमेलको ढोका बन्द नभएको बताउनुभयो ।
प्रचण्डले गठबन्धनको कुरा चल्दै गरे पनि आफ्नै शक्तिमा चुनाव लड्ने तयारी गर्न नेता/कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । देशैभरि नभए पनि केही ठाउँमा गठबन्धन हुने तर धेरै ठाउँमा माओवादी एक्लै चुनाव लड्नको लागि तयार हुनुपर्ने प्रचण्डको भनाइ छ । संविधान निर्माण, दलित, जनजाति, महिला, पिछडिएका वर्ग, मधेसी, मुश्लिम लगायतको हक अधिकार माओवादीकै पहलमा हासिल भएको भन्दै प्रचण्डले आफूहरुले ज्यानको बाजी राखेर ल्याएको परिवर्तनमा अरुले दाबी गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६