प्रदेश

चुनाव हारेपछि नेकपा एस पनि एमालेमै समाहित हुन्छन् : पोखरेल



काठमाडौं ४ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्नै नदिने बताएका छन् ।

एमाले निकट अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले एकीकृत समाजवादीलाई हराएर भविष्यमा अस्तित्व नै नरहने अवस्थामा पुर्याइदिने दावी गरेका हुन् । ‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा त्यसलाई हराइदिने हो । भविष्यमा त्यो पार्टी अस्तित्वमा नरहोस् भन्नका लागि हामीले चुनाव नजित्ने खालको स्थिति बनाउनैपर्छ’ पोखरेलले भने । चुनावमा हारेपछि नेकपा एस पनि एमालेमै समाहित हुने उनको दावी थियो । विगतमा पार्टी फुटाएर नेकपा माले गठन गरेका नेताहरु सबैतिर चुनाव हारेपछि फेरि एमालेमै फर्किएको स्मरण गर्दै पोखरेलले माधव नेपालहरुको हालत पनि त्यस्तै हुने ठोकुवा गरे । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । उनले भने, त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्तालाई आफूसित ल्याउने’ । ठूलो पार्टी फुटाएर जानेहरु कसैले पनि ठूलो पार्टी बनाउन नसकेको भन्दै पोखरेलले अस्तित्व संकटमा पर्ने भएपछि साना कम्युनिष्ट पार्टीले चुनाव बहिस्कारको कुरा गर्ने गरेको टिप्पणी गरे । 

नेपालमा सानातिना पार्टीहरु विस्तारै हराउँदै जाने र त्यसको ठाउँ ठूला पार्टीले लिने महासचिव पोखरेलले दावी गरे ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६