अन्तर्राष्ट्रिय

अस्ट्रेलिया र जापानले लगाए रुसमाथि थप प्रतिबन्ध




चैत ४, एजेन्सी
रुसमाथि अस्ट्रेलिया र जापानले थप प्रतिबन्ध घोषणा गरेका छन् ।
अस्ट्रेलियाले रुसी अर्बपति ओलेग देरिपास्का र भिक्टोर भेक्सेल्वर्ग, एघार वटा बैंक र सरकारी निकायलाई प्रतिबन्ध लगाएको हो । त्यस्तै जापानले थप १५ रुसी नागरिक र नौ संस्थालाई प्रतिबन्ध लगाएको जनाएको छ । त्यसमा सरकारी स्वामित्वको अस्त्र निर्यातकर्ता रोसोबोरोन एक्सपोर्ट पनि छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि विभिन्न देशले प्रतिबन्ध लगाइसकेका छन् । तर चीनले रुसमाथि लाग्दै आएका प्रतिबन्धले विकासोन्मुख देशका लागि असर पुग्ने जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि चीनका प्रतिनिधि झाङ जुनले महामारीपछि सुस्त गतिमा विश्वको अर्थतन्त्र राम्रो अवस्थामा फर्किरहेको बेला भएको प्रतिबन्धले नयाँ समस्या उत्पन्न गराउने बताउनुभएको बीबीसीले जनाएको छ ।

यसैबीच अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ । रुसले युक्रेनमा आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलो पटक संवाद हुन लागेको हो। अमेरिकाका राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच वार्ताको तयारी भइरहेको ह्वाइट हाउसलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा निरन्तर आक्रमण गर्दै आएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६