प्रदेश

स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने



काठमाण्डाै, ०४ चैत्र । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।

आयोगले वैशाख १२ गते बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । यस्तै उजुरीमाथि छानबिन गरेर आयोगले वैशाख १५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

यस्तै वैशाख १६ गते बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १७ गते  उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ । 

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६