जीवनशैली

लाइसेन्स परीक्षामा फेल भएका र अनुपस्थितलाई घुस लिएर पास गराउने ९ जनाविरुद्ध मुद्दा दायर



काठमाण्डौ ४ चैत ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षामा फेल भएकाहरूसँग घुस लिएर पास गराएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित नौ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रयोगात्मक परीक्षामा फेल भएका तथा उपस्थित नभएकाहरूलाई पास गराएको तथा पास भएकालाई फेल गराएको पाइएकाले विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूले २०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन भएका प्रयोगात्मक परीक्षा मध्येबाट विभिन्न मितिमा सञ्चालन भएका परीक्षामा फेल भएका तथा उपस्थित नभएका एक सय १६ जनालाई पास गराएको पाइएको छ ।

यस्तै पास भएका दुई जनालाई नतिजा अपडेट गर्ने बेलामा फेल गराएर एक सय १८ जनाको नतिजा फेरबदल गराएको पाइएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

अख्तियारले मुद्दा दायर गरेकाहरूमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख, शाखा अधिकृत गोकुल शर्मा पौडेल, शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृतस्तर आठौँ तहका भरतराज काफ्ले, अधिकृतस्तर आठौँ तहका भरतमणि बराल रहेका छन् । यस्तै अधिकृतस्तर सातौँ तहका प्रेमप्रसाद श्रेष्ठ, अधिकृतस्तर छैटौँ तहका डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैटौँ तहका होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल र कम्प्युटर अपरेटर मोहनमणि सुवेदीमाथि पनि मुद्दा दायर भएको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६