जीवनशैली

अटो दुर्घटना हुँदा पाँच जना बालबालिका घाईते



सल्यान ।  सल्यानमा अटो दुर्घटना हुँदा पाँच जना बालबालिका घाईते भएका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नं। २ को राप्ती राजमार्गमा पर्ने खरिबोट देखि बागचौर तर्फ जाँदै गएको अटो बाँधखोला नजिक बिहीबार दुर्घटना हुँदा अटोमा सवार ५ जना बालबालिका घाईते भएका हुन् ।

रा १ ह ५०२२ नं. को अटो घरमा रोकिरहेको अवस्थामा सोही ठाउँका अन्दाजी १८ वर्षीय मदन वलीले कसैलाई पनि नसोधी चलाएरको अवस्थामा बाँधखोला नजिक दुर्घटना हुँदा ५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

घाईते हुनेमा खरिबोटकी ७ वर्षीय सुधा भण्डारी, वर्ष १० कि निर्जला विएम, वर्ष १३ की गंगा वली, वर्ष १० कि सुप्रिया परियार र वर्ष १२ ग्रिष्मा विएम रहेका छन । घाईतेहरुलाई थप उपचारको लागि नेपालगन्ज लगिएको प्रहरी जनाएको छ । यस्तै अटो चालक बस्नेत फरार रहेको र अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६