कपिलवस्तु ५ चैत्र । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ १२औ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को दोस्रो दिन दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको छ । शुक्रवार महोत्सवमा करिब १० हजार. दर्शकहरुले अवलोकन गरेका छन् भने ..२० लाखभन्दा बढीको आर्थिक कारोबार भएको महोत्सव आयोजक कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भएको छ ।
यता आजबाट महोत्सवमा मनोरंजनका कार्यक्रम सुरु भएका छन् । महोत्सवको सबैभन्दा आकर्षक कार्यक्रमका रुपमा रहेको दशौँ डान्स आइडल पनि आज देखि नै सुरु भएको छ । डान्स आईडलको पहिलो दिन ४जना प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती देखाएका छन् । यस्तै आजको कार्यक्रममा कार्यक्रममा गायक छेवाङ लामा, नारायण लेकाली लगाएतका कलाकारको समेत प्रस्तुति रहेको थियो भने शनिवार खुमन अधिकारी, शिलु भटराइ, नारायण लेकाली, डान्सर सदिक्षा चौधरी,लगायतका कलाकारहरुको प्रस्तुती रहने महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभयो । सास्कृतिक कार्यक्रम आज ८ बजेसम्म रहने बताइएको छ ।
महोत्सवमा यस वर्ष दर्शकको लागि पानी तथा प्राथमिक उपचारको पनि ब्यवस्था गरिएको छ । यस्तै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा छुटको ब्यवस्था गरिएको छ । महोत्सव जिल्लाबासीको साझा पर्व भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ । यता बुद्धआवाज टेलिभिजनले हरेक दिन सांझ ८ बजे महोत्सव अवधिभर नै महोत्सव कार्यक्रमको छयांकन गरि प्रसारण गर्ने छ ।
५ चैत्र २०७८, शनिबार








प्रतिक्रिया