प्रदेश

प्युठानमा दुर्घटना अपडेटः एकको मृत्यु, २० जना गम्भीर घाइते



दाङ, ०५ चैत्र । प्युठानमा भएको बस दुर्घटनामा एक वर्षीया बालिकाको मृत्यु भएको छ। थप १५ जना घाइतेलाई दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले दुर्घटनामा घोराही उपमहानगरपालिका वडा नं. १ की एक वर्षीया अंशु परियारको मृत्यु भएको बताए।

‘प्रतिष्ठानमा ल्याएका घाइतेमध्ये एक जना बालिकाको मृत्यु भएको छ,’ डिएपसी रिजालले भने, ‘थप १५ जना घाइतेलाई घोराही ल्याइएको छ र अन्य घाइतेलाई पनि ल्याउने क्रम जारी छ।’

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताए। दुर्घटना शनिबार बिहान साढे १० बजेतिरको हो।

दुर्घटनामा ३० जना घाइते भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस दुर्घटना परेको हो।

प्रकाशित : ५ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६