प्रदेश

निर्वाचनलाई ब्याटलको रुपमा लिन कार्यकर्तालाई प्रचण्डको निर्देशन




काठमाडौं, ०५ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनलाई ब्याटलको रुपमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यो चुनाव हारेमा माओवादी र माओवादी आन्दोलनबाट भएका उपलब्धी गुम्ने भन्दै उनले निर्वाचनलाई जित्नैपर्ने ब्याटलको रुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘यो निर्वाचन हामीले हार्‍यौं भने संविधान हार्नेवाला छ, हामीले हार्‍यौं भने गणतन्त्र हार्ने खतरा छ । जनयुद्धको उपलब्धीले हार्ने खतरा छ’ उनले भने, ‘त्यसकारण हाम्रो निम्ति यो ब्याटल हो, लडाइ हो, हामीले जित्नैपर्छ ।’

उनले कार्यकर्तालाई नसुतेरै भए पनि दुई महिना रात दिन खट्न निर्देशन दिए ।

माओवादीसँग विगतमा जस्तो मजबुत संगठन पनि नभएको भन्दै प्रचण्डले यो निर्वाचनलाई जीवन मरणको युद्ध बनाउन कार्यकर्तालाई आग्रह गरे ।

प्रचण्डले गठबन्धनको भर परेर ढुक्क नहुन पनि आग्रह गरे । माओवादी कमजोर भएमा गठबन्धन पनि काम नलाग्ने भन्दै उनले आफैं बलियो हुनुपर्ने बताए ।

‘गठबन्धनको भर परेर नसुत्नुहोला, आफैं जित्ने बनायो भने गठबन्धन पनि कामकाजी हुन्छ । आफू तयारी नगरी गठबन्धनको भर ग¥यो भने भन्न सकिँदैन भोलि के हुन्छ ?’ उनले भने, ‘हामी बलियो भएको देखेन भने गठबन्धन अन्त अन्त दौडिन बेर लाग्दैन ।’

प्रकाशित : ५ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६