बुटवल ५ चैत्र ।सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाबाट अमृता अनमोलको अध्यक्षतामा १५ सदस्यीय नयाँ प्रदेश कार्यसमिति समेत चयन गरेको छ ।सो समितिको उपाध्यक्षमा बाँकेको रुपा गहतराज, महासचिबमा बर्दियाको मेनका चौधरी, सचिवमा रुपन्देहीको माया केसी र कोषाध्यक्षमा रुपन्देहीको उष किरण पन्त सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा गिता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष पार्वती पाण्डेले जानकारी दिनु भयो ।
अधिबेशनको समुद्घाटन गर्दै लुम्विनी प्रदेशका कानुन बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ति मगरले पत्रकार महिलाहरुलाई खोजमुलक पत्रकारितामा लाग्न आग्रह गर्नु भयो । सञ्चारिका समुह लुम्विनी प्रदेशको प्रथम अधिवेशन तथा तेस्रो सधारण सभाको उत्घाटन सत्रमा बोल्दै मन्त्री घर्तिमगरले पछिल्लो समय पीत पत्रकारिता मौलाउदै गएको दावि गर्दै कपोकल्पीत समाचार सम्प्रेषण नगर्न आग्रह गर्नु भयो ।
उद्घाटन सत्रमा बोल्दै संविधानसभा सदस्य तथा अग्रज पत्रकार विनोद पहाडीले पत्रकार महिलाहरुका लागि लेखनवृत्तिका कार्यक्रमहरु संगै पुरस्कारहरुको स्थापना समेत गर्न सके पत्रकार महिलाहरुको दिगोपना कायम हुने बताउदै संविधानले गरेको परिकल्पना अनुसार देश संघिय संरचनामा गईसकेपछि हरेक क्षेत्रमा महिलाको नेतृत्व उदयीमान रुपमा देखिएको औल्याय ।पहाडीले बनेका कानुनहरुको कार्यान्वयनमा भएको कन्जुस्याईका कारण देशको प्रमुख महिला पाएपनि समतामुलक समाज निर्माण अंझै निमाण भईनसकेको दावि गर्नु भयो । साथै उहाले पत्रकारितामा नवप्रवेशी महिलाहरुलाई संरक्षण गर्ने निति प्रदेश सरकाले लिन आग्रह समेत गर्नु भयो । उहाले ३ वटै तहका सरकारहरुले यसखालको निति अवलम्बन गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा ३ जना महिला उद्यमीहरुलाई तथा १ जना पत्रकार महिलालाई सम्मान गरिएको थियो ।
५ चैत्र २०७८, शनिबार
प्रतिक्रिया