भगवती न्यौपाने
कपिलवस्तु ६ चैत्र । नेकपा एमाले वाणगंगा ३ वडा कमिटिको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा पार्टी कार्यकर्ता पशिक्षण कार्यक्रम भएको छ । १६० जाना जेष्ट नागरिकलाई सम्मान र ७ जानालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले जेष्ठको आशा र भरोसाको केन्द्र एमाले बनेको बताउनु भएको थियो।यस्तै कार्यक्रममा एमालेक केन्द्रिय लेखा आयोगका उपाध्यक्ष तथा प्रदेश सांसद विष्णु पन्थीले बोल्दै जिवनको उत्तराद्र्धमा राज्यले जेष्ठकालागि भत्तादिने काम सामाजिक न्यायका हिसावले उत्कृष्ट कार्य भएको वताउनु भयो । प्रदेश कमिटी सचिवालय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बोल्दै सुखि नेपाली समृद्ध नेपाल राष्ट् बनाउन नेकपा एमाले लागि परेको तर्क गर्नु भयो । उहाले अबको चुनाबमा एमाले उच्च शिखरमा पुग्ने दावी गर्नु भयो ।
नेकपा एमालेका नेता तथा लोकतान्त्रिक राष्ट्यि अपाङग सङगठन अध्यक्ष मित्रलाल शर्मा, प्रदेश कमिटि सदस्य द्रोणराज सुवेदी, नगरका उपप्रमुख चक्र पाणी अर्याल एमाले नगर कमिटि अध्यक्ष युवराज पोख्रेल, लगायतले बोल्दै देश नै एमालेमय बनेको तर्क गर्नु भयो । वडा कमिटि अध्यक्ष खगेन्द्र घिमिरेको अध्यक्षता, उपाध्यक्ष कृष्ण कुमार सुनारको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव सम्भु प्रसाद खनालले गर्नु भएको थियो । यसैविच चैत्र १४ गते पार्टी अध्यक्ष एवम पूर्व प्राधानमन्त्री केपि शर्मा ओली कपिलवस्तुमा आउनु हुने भएको भएपछि बाणगंगा नगरपालिकाका सबै वडा कमिटीको बैठक आज विभिन्न ठाउमा बसेको छ । चैत १४ गते हुने आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई लक्षित गरि वडा कमिटीका अध्यक्षहरुको अध्यक्षतामा बैठक बसेका हो ।
६ चैत्र २०७८, आइतबार








प्रतिक्रिया