अर्थ-वाणिज्य

कपिलवस्तु महोत्सव मै रक्तदान संकलन



कपिलवस्तु ६ चैत : १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को सहयोगी संस्था लायन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । विगत देखि नै सामाजिक तथा मानवीय कार्य गर्दै आईरहेका लायन्स र लियो क्लवले महोत्सव स्थलमा रक्तदान कार्यक्र गरेको लायन्स क्लवका अध्यक्ष धातानन्द भुसालले जानकारी दिए । कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ कपिलवस्तुको विशेष सहयोग तथा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रमम ५४ प्वाईन्ट रगत संकलन भएको छ ।यस क्षेत्रका उद्योगी, व्यवसायी, लायन्स, लियो तथा नेपाल नियमित रक्तदाता संघका पदाधिकारी तथा सदस्यहरुले रक्तदान गरेका थिए ।

रक्तसञ्चार केन्द्र बुटवलका अध्यक्ष कृष्ण पंगेनी, लायन्सका संस्थापक अध्यक्ष कृष्ण केसीको विशिष्ट आतिथ्यता, उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेल, महोत्सवका स्वास्थ्य संयोजक राजेश पन्थ लगायतको आतिथ्यता रहेको कार्यक्रममा लायन्सका सचिव सागर घिमिरेको सञ्चालन रहेको थियो ।कार्यक्रम लायन्सका सचिव सागर घिमिरे र लियो क्लवका उपाध्यक्ष सागर बन्जाडेको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६