खोज–अनुसन्धान

उम्मेदवार हुन राजनीनामा प्रकरण सर्वाेच्च पुग्यो :व्यवस्था बदरको माग गर्दै रिट




काठमाडौ ६ चैत्र । स्थानीय तहको निर्वाचनमा दोहोर्‍याएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने भन्दै निर्वाचन आयोगले लागु गरेको आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट दिएका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट दर्ता भएको छैन। निवेदन दर्ता गराएका हुन्।‘
निर्वाचन आयोगको संहिताले फेरि उम्मेदवार दिन बहालवाला जनप्रतिनिधिले राजिनामा दिनुपर्ने भन्दै गरेको व्यवस्था बदरको माग गर्दै रिट आएको छ उक्त रिट अध्ययनकै क्रममा छ दर्ता हुने नहुने भोली निर्णय हुन्छ,’ उनले भने। हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता संविधान र कानुन वितरित भएको भन्दै आफूले रिट दिएको बताए। ‘संविधानले तीन तहको सरकार हुने भनेको छ। माथिल्ला सरकारका प्रमुख भने झन्डा हल्लाउँदै फेरि उम्मेदवार हुन पाउने गाउँ(नगरपालिकाका जनप्रतिनिधिले भने एकमहिना अगावै राजीनामा दिनुपर्ने आचारसंहिताले असमान व्यवहार गर्यो, त्यसमाथि उमेदवारी दिएको एकमहिनासम्म स्थानीय तह जनप्रतिनिधिबिहीन हुने भए। त्योबेला जनताले पाउने सेवा सुविधा कसले दिन्छरु त्यसैले संहिताको उक्त प्रावधान खारेज गर्न माग गर्दै रिट दिएको हुँ,’ उनले भने, ‘दर्ता हुने प्रक्रिया पुरा भइसकेको छैन। भोली प्रकृया पुरा गरेर पेसी तोक्ने दिन निश्चित हुन्छ भन्नुभएको छ।’ पालिका प्रमुख उपप्रमुखले एकअर्कालाई राजीनामा बुझाउनुपर्ने कानुनी व्यवस्था छ।दुवै निर्वाचनमा सहभागी हुन मन भए कसलाई राजीनामा बुझाउने भन्ने प्रश्न पनि उठ्ने उनले बताए। यो संहिताले त चुनाव लड्न पाउने अध्यक्ष(उपाध्यक्ष मध्ये हकलाई पनि असर गर्ने भो भनेर खारेज गर्न माग गरेका छौं,’ उनले भने। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६