जीवनशैली

रेडपाण्डाको छाला र चरेससहित ६ जना पक्राउ



बाँके प्रहरीले रेडपाण्डाको छाला र चरेससहित ६ जनालाई पक्राउ गरेको छ। नेपालगञ्जको शिक्षण अस्पताल नजिकको एक होटेलबाट दुई थान रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोल्पाका शुकराम विक, विवेक बोहोरा, रामकृष्ण शाही र हर्कबहादुर विक रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पुष्पलाल चोकस्थित एक होटलबाट तीन किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटका प्रविण शाही र नेपालगञ्जका राज कार्की रहेका छन्। रेडपाण्डा कारोवारीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(१) बमोजिम ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

चरेस ओसापसार गर्नेलाई लागुऔषध नियन्त्रण २०३३ को दफा १४(घ) बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजारसम्म जरीवाना हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेको प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक न्यौपनेले बताए।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६