जीवनशैली

स्वर्गीय धर्मपत्नीको पुण्यतिथिमा बटुकहरुलाई खाना




कपिलवस्तु, ०७ चैत्र ।
बाणगंगा नगरपालिका वडा नं.२ मा रहेको नन्दनगर गुरुकुलमा समाजसेवी सुर्य बरालले धर्मपत्नी स्वर्गीय पार्वती बरालको बार्षिकिको पुन्यतिथिमा बटुकहरुलाई खाना खुवाएर उदाहरणीय कार्य गर्नुभएको छ । नेपाली कांग्रेस बाणगंगाका सचिव समेत रहनुभएका बरालले आईतवार स्वर्गीय धर्मपत्नीको स्वर्गारोहण भएको १ वर्ष पुगेको वार्षिक पुन्यतिथीमा गुरुकुलमका १ सय बढी बटुकहरुलाई साँझको एक छाक खाना खुवाएर उदाहरणीय कार्य गर्नुभएको हो ।

बराल एक राजनितिक व्यक्तित्वसंगै यस क्षेत्रका एक सक्रिय समाजसेवीको रुपमा पनि परिचित रहनुभएको छ । उहाँले विभिन्न संघ संस्थामा कुसल नेतृत्वदायी भुमिका गरिसक्नुभएको छ । बरालले गुरुकुलका बटुकहरुलाई एक छाक खाना खुवाउँदा अत्यन्तै सन्तुष्टिको अनुभूति भएको बताउनुभयो । उहाँले आफ्नो स्वभाव सधै सामाजिक क्षेत्रमा समर्पित रहेने बताउँदै अन्य व्यक्तिहरुलाई समेत सामाजिक उत्तरदायित्व तथा सेवाको भाव पुरा गर्न अपिल गर्नुभएको छ ।

बरालले गुरुकुलमलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बटुकहरुलाई खाना खुवाउने कार्यक्रममा बरालका दुई छोरी सुस्मीता र समिक्षा बरालले पनि सहयोगी भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६