प्रदेश

कपिलवस्तुमा लोसपा केन्द्रीय सदस्य सहित सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश




हरि घिमिरे, ०७ चैत्र ।
कपिलवस्तुको मायादेविमा पुर्व लोकतान्त्रीक समाजवादि पार्टीका केन्द्रीय सदस्य बद्री प्रसाद चौधरी सहित अन्य विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मायादेवि गाँउपालिकामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादीमा प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्ने नव प्रवेशिलाइ लुम्बिनी प्रदेश ईन्र्चाज चक्रपाणि खनाल (बलदेव), जिल्ला ईन्र्चाज कमल चुदाँली, जिल्ला अध्यक्ष बिष्णु साह लगाएले स्वागत गर्नु भएको माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ । आईतवार सम्पन्न कार्यक्रमा विभिन्न राजनितिक दलमा आवद्ध मुस्ताक अहमद हाजी, कैलाशनाथ चौधरी, अकरम धुनिया निर्वाचित वडा सदस्य (वहुजन समाजबादि पार्टी), महेन्द्र नाथ चौवे, मायाराम यादव, ओमप्रकाश चौधरी (मन्नु), रामनारायण विश्वकर्मा,.फुलचन्द्र चौधरी लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् । नवा प्रवेशिहरुलाई माओवादिलाई जिताउन तन मन देखि लाग्न आग्रह गरिएको जिल्ला सचिवालयले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६