खोज–अनुसन्धान

निर्वाचनकालागि रुपन्देहीमा साना ३२ दलदर्ता ,प्रतिस्पर्धामा ३८ दल




रुपन्देही ७ चैत्र। स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका ३२ दल दर्ता भएका हुन् । निर्वाचन आयोगले केन्द्रिय निर्वाचन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता नपाएका ७३ राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनका लागि आफ्नो कुन–कुन जिल्लामा जिल्ला स्तरको सङ्गठानात्मक संरचनाको विवरण बुझाउनका लागि आइतबारसम्मको समयसीमा दिएको थियो ।
सो समयभित्र रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका हुन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेका छन् । आगामी ३० वैशाखमा हुने हुने स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा २०८ वटा मतदान स्थल र ७०४ वटा मतदान केन्द्र निर्धारण भइसकेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।
रुपन्देहीमा ६ लाख ३४ हजार ७ सय ९७ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका स्थानीय तहहरुको टोली खटाएर, जिल्ला निर्वाचन कार्यालय, ईलाका प्रशासन कार्यालयहरु मार्फत संकलन गरिएको ९८ हजार बढी मतदाता गरि जिल्लामा हाल मतदाताको संख्या ६ लाख ३४ हजार पुगेको निर्वाचन कार्यालयको भनाई छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६