प्रदेश

एनआरएनएको चुनाव तत्काल नगर्न अन्तरिम आदेश



ललितपुर – उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज साेमवार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै याे आदेश गरेको हो ।

अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ । याे आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको चुनाव अदालतको अर्को आदेश नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घको संस्थापन पक्षले एकपक्षीयरूफमा चुनाव गराउन लागकाे भन्दै चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्याे निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि याे आदेश भएको हो । 

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६