अर्थ-वाणिज्य

महाराजगञ्जका ईटा उद्योगमा अनुगमन,वालवालिकालाई बिद्यालयमा पठाउन आग्रह



कपिलवस्तु ८ चैत्र । वालश्रम निवारणका लागि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा रहेका ईटा उद्योगहरुमा अनुगमन गरिएको छ । दलित मानव अधिकार निगरानी समितिको आयोजनामा भएको अनुगमनमा इटा उद्योगहरुमा बालवालिकाहरु काम गरिरहेको उनीहरुलाई विद्यालयको पहुचमा पुर्याउनुपर्ने बताइएको छ । अनुगमनका क्रममा नगर उपप्रमुख सुभावती कुर्मीले बालवालिकाहरुलाई उद्योगमा काम लगाउन नहुने बताउनुभयो । भारतका विभिन्न ठाउँ वाट सिजनको समयमा नेपाल आएर उद्योगमा बुवाआमालाई सहयोग गर्ने वाहानामा बालवालिकाहरु श्रममा लागेको उनीहरुलाई अभिभावक र उद्योगीहरु सचेत हुनुपर्ने बताउनुभयो ।
अनुगमनकै क्रममा दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले जिल्लाका शिवराज बुद्धभुमी महाराजगंज नगरपालिका भित्र रहेको ईटा उद्योगमा वालश्रम भइरहेकोले यसमा स्थानीय पालिका गम्भीर हुनुपर्ने बताउनुभयो । शिवराजको हकमा बालवालिकाहरुलाई अनौपचारी शिक्षाको लागि पालिका सँग छलफल भएको बताउँदै केहि दिनमै सुुरुवात गर्ने बताउनुभयो । महाराजगंज नगरपालिकाका जनप्रतिनिधिहरुकै ईटा उद्योग रहेको थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
अनुगमनमाशिक्षा शाखा,न्यायीक समिति र समाजिक विकाश शाखा,उधोग वाणिज्य संघका , सामुदायिक संस्थाका प्रतिनिधि,पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६