अर्थ-वाणिज्य

महिलाहरुलाई सिप प्रदान गरि आत्मनिर्भर : मेयर थारु



कपिलवस्तु ८ चैत्र।वाणगंगा नगरपालिका मेयर मंगल प्रसाद थारुले महिलाहरु आफ्नै पौरखमा मिहिनेत गरेर घरमै बसेर पनि आफ्नो आर्थिक पक्ष सुधार गर्न सकिने बताउनु भयो । वडा नम्बर ४ ले आयोजना गरेको विपन्न, एकल र दलित सिप विकास तालिम तथा सामाग्री वितरण कार्यक्रमका लागि ज्याकेट, विइन्डचिटर तथा ट्याक सुट बनाउने तालिमको समापन गदै उहाँले यस्तो बताउन भएको हो । तालिममा हासिल गरिएका सीपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आह्वान गदै सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नु भएको थियो । कार्यक्रममा बोल्दै वडा नं ४ का वडा अध्यक्ष गणेश वहादुर क्षेत्रीले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक कार्यक्रमहरु वडाले प्रदान गर्दै आएको बताउनु भयो । वडाका महिलाहरुलाई गुडिया , चुरा , स्तरिय फरक फरक आइटमको सिलाईकटाई , डल , कुशन , जुत्ता , चप्पल बनाउने सिप दिइएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । अब पाँच वर्षे कार्यकाल सकिदै छ , महिलाहरुको हितको लागि आफु सदैब काम गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।कार्यक्रामा मानव अधिकारका लागि महिला एकल महिला समुहका अध्यक्ष रुपा राई, वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डे, गजेहडा टोल विकासका अध्यक्ष भोजराज आर्चाय, ज्ञानु नेपाली लगायतले बोल्दै महिलालाई व्यवसायि बनाउँदै आर्थिक रुपमा सक्षम बनाउन यस्ता तालिमले ठुलो टेवा पुग्ने बताउनु भयो । वडा सदस्य अस्मिता नेपालीको स्वागत मन्तव्य ,वडा सदस्य इन्दिरा पन्तको सहजिकरणमा कार्यक्रम भएको हो । १ महिना सम्म सञ्चालन भएको तालिममा २५ जना महिलले भाग लिएका थिए । तालिममा प्रकाश थारुले प्रशिक्षण दिनुभएको थियो । यता वडाले कपिलवस्तु महोत्वसवमा व्यवसायिक रुपमा उद्यमी गर्दै आउनु भएका महिला दिदि बहिनीका लागि ३ वटा स्टल निशुल्क रुपमा उपलब्ध गराएको छ । सदस्य पन्तले आफनो ५ वर्षे कार्यकालमा २ वटा महिला सहकारीहरुका लागि प्रदेश कार्यालयबाट आर्थिक रुपमा सहयोग समेत गरेको बताउनु भयो ।विभिन्न प्रकारका सिपहरु पाउदा महिलाहरु खुशी भएका थिए ।

प्रकाशित : ८ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६