जीवनशैली

सकियो पल र म्यानेजरकाे बयान , जेल नै जालान कि धरौटीमा रिहा ?



तनहुँ ९ चैत :नाबालिग गायिकालाई कर णी गरेकाे मु’द्दा लागेका नायक पल शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो ।

बुधबार दिउँसो २ बजे जिल्ला अ’दालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले बताए । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासमा बहस चलिरहेको उनले बताए ।

‘जाहेरवालाको तर्फबाट पाँच जनाले बहस गरिसक्नुभएको छ,’ उनले भने । जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएका छन् । जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, कानुन व्यवसायी शिवराज काफ्ले लगायत कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रतिवादीकातर्फबाट १० जना कानुन व्यवसायीले वकालतनामा दर्ता गराएको कुवँरले जानकारी दिए । तनहुँकै कानुन व्यवसायी भानुभक्त सुवेदी, यदु खनाल लगायतले बहस गर्ने जनाएका छन् । स्रेस्तेदार कुवँरका अनुसार सम्भवत बुधबार बहस सकिँदैन् । ‘बहस नसकिन्जेल वकालतनामा दर्ता गराएर कानुन व्यवसायी अझै थपिन सक्नेछन्,’ उनले भने ।

सरकारी वकिलको कार्यालयले मंगलबार मु’द्दा दर्ता गरेपछि शाहको बयान लिएको थियो । मतियारका रुपमा प्रयोग भएका उनका म्यानेजर जोशीको भने बुधबार बयान सकेर बहस सुरु भएको हो ।

दुवै पक्षको बहस सुनेर मिसिलमा संग्लन प्रमाणको आधारमा जिल्ला अदालतले थुनछेक आदेश जारी गर्नेछ । प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि शाह र जोशीलाई थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौ’टीमा रि’हा हुनेछन् ।

१२ देखि १४ बर्ष कैद सँजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो । सोमबार अनु’सन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सँजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता गरिएको छ । पलका म्यानेजर जोशीलाई पनि आधा सँजा_यको माग गरिएको छ ।

पल शाहविरुद्ध ११ फागुनमा तनहुँ उ’जुरी परेको थियो । नवलपुर जिल्ला अदालतमा पनि गत विहीबार पलवि’रुद्ध मु’द्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले पलविरू’द्ध अभियोगपत्र दायर गरेको हो ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६