प्रदेश

एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि भोलि छलफल हुने



काठमाडौं ९ चैत । नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको छ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘भोलिको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयहरुमा लिखित सुझाव र राय प्रस्तुत गर्नुहुन्छ। त्यसमा लामो छलफल गर्दैनौं। बाँकी ९ वटा अजेन्डामा भोलि छलफल गर्दै निष्कर्षमा पुग्छौं’ प्रचार विभाग प्रमुख गुरुङले भने।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६