खोज–अनुसन्धान

जग्गा कारोबारमा साढे २ करोड ठगीमा १ महिला पक्राउ



नवलपरासी ९ चैत ।  पश्चिम नवलपरासीमा जग्गा कारोबारमा साढे दुइ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं–१६ घर भएकी ५४ वर्षीय बिमला श्रेष्ठलाई काठमाडौं बाट पक्राउ गरिएको हो । उनलाई बालाजुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।  पश्चिम नवलपरासीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रेमबहादुर शाहीले श्रेष्ठलाई हिरासतमा राखी अनुसन्धान भइरहेको बताए ।  
 प्रहरीका अनुसार नवलपरासीमा जग्गा बिक्री नगद २ करोड ५६ लाख रुपैयाँ ठगी गरेर फरार रहेकी श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानका लागि पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । ठगीका घटनाहरु बढ्दै जानु भन्दा पनि महिलाहरुसमेत ठगीका घटनामा जोडिदा समाजमा नराम्रो सन्देश जाने समाजशास्त्रीहरु बताउँछन् 

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६