खोज–अनुसन्धान

कपिलवस्तु नगरमा पहिलो पटक ५ बर्षकालागि सूर्य उदाउदैछ : पाण्डे




कपिलवस्तु ९ चैत्र । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका वडा नं ९ का इन्चार्ज पार्वती पाण्डेल कपिलवस्तु नगरपालिकामा पहिलो पटक ५ वर्षका लागि सूर्य उदाउने वताउनु भएको छ । वडा नं ९ को वुधवार जगदिशपुरमा भएको भेलामा उहाले यस्तो वताउनु भएकोहो । भेलालाई सम्बोधन गर्दैे एमालेको निति सिद्धान्त र पार्टी नेतृत्व प्रति जनआकर्षण बढेको उहाले बताउनु भयो ।
निरन्तर एमालेमा प्रवेश गर्नेको लर्को लागेकोले एमालेको काँधमा देशको जिम्मेवारी वढेको औल्याउनु भयो । देश र जनताका लागि अबको चुनाबमा एमालेलाई भारी मतले जिताउनु पर्ने पाण्डेले धारणा राख्नु भयो । कार्यक्रममा बोल्दै नेपाल सुकुम्बासी संगठनका केन्द्रीय सदस्य हिरालाल पौडेलले जनताको घरदैलोमा पुगी पार्टीको निति सिद्धान्त र ब्यवहारमा जनतालाई स्पष्ट बताउनु पर्ने वताउनु भयो । स्थानीय तहको निर्वाचनमा देश एमालेमय बन्ने उहाँले ठोकुवा गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर सचिवालय सदस्य एवं युवासंघका नगर अध्यक्ष नारायण पौडेलले युवाहरुको भरोसाको केन्द्र एमाले भएकोले ढिला नगरी सबै युवाहरु एमालेमा आउन आग्रह गर्नु भयो । वडा अध्यक्ष रिषब पौडेलको अध्यक्षता सचिव विश्वराज पाण्डेको सञ्चालनमा भएको भेलाले वाँकी रहेका टोल कमिटि निमार्ण गरेको छ । घनश्याम पोख्रेलको अध्यक्षतामा १३ सदस्सीय श्रीनगर टोलकमिटि गठन गरेको छ । यस्तै लक्ष्मण थारुको अध्यक्षतामा ९ सदस्सीय जगदिशपुर टोल कमिटि निमार्ण भएको छ । मोहन पालको अध्यक्षतामा ११ सदस्सीय हर्नामपुर टोलकमिटि गठन गरिएको छ ।
त्यस्तै गरि भेलाले वडा स्तरिय जनवर्गिय संगठन पनि निमार्ण गरेको छ । जसअनुरुप तारा खरेलको अध्यक्षतामा १७ सदस्सीय अनेमसंघ वडा कमिटी गठन गरेको छ । त्यस्तै गरि घनश्याम पोख्रेलको अध्यक्षतामा १५ सदस्सीय युवा संघ वडाकमिटि चयन गरिएको छ । भेलाले पुनाराम शर्माको अध्यक्षतामा ११ सदस्सीय किसान महासंघ र बिर वहादुर रानाको अध्यक्षतामा ७ सदस्सीय जनजाती महासंघ वडा कमिटि निमार्ण गरेको छ ।

सर्वसम्मत रुपले चयन गरिएका सबैजनालाई वडा अध्यक्ष रिषब पौडेलले सपथ खुवाउनु भएको थियो । यता यहि चेत्र १४ गते नेकपा एमालेको तौलिहवामा हुने विशाल जनसभामा कपिलवस्तु नगरपालिका वडा नं ९ बाट १२ सय बढिको जनसहभागिता हुने भएको छ । वुधवार जगदिशपुरमा बसेको वैठकले उक्त कुराको निर्णय गरेको हो । वैठकले १४ गतेको विशाल जनसभालाई भव्य र सभ्य रुपले सफल पार्न विभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । जनसहभागिता व्यवस्थापनका लागि वडा अध्यक्ष रिषव पौडेलको संयोजकत्वमा उपाध्यक्ष देवीका पोख्रेल सचिव र विश्वराज पाण्डे रहने गरि समिति निमार्ण गरिएको छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६