कपिलवस्तु ९ चैत : लगातार चौथो बर्ष पनि प्रथम हुदै कनकमुनी उमाबिले चौथो राष्ट्रपति रनिङ शील्ड जितेको छ । लगातार ३ पटक कप जितेर शील्ड पच गरेको कनमुनीले राष्ट्रपति रनिङ शील्डमा जीतको चौका हानेको हो । १७ स्वर्ण, २ रजत र ३ कास्य पदक गरी कुल २२ पदक जितेको हो । जितसंंगै कनकमुनीले १२ हजार नगर र शील्ड प्राप्त गरेका हो ।
यस्तै ३ स्वर्ण, ७ रजत र १ कास्य जित्दै तौलेश्वरनाथ संस्कृत माबि दोश्रो र २ स्वर्ण , २ रजत र १ एक कास्य पदज जित्दै रत्नराज्य उमाबि तेश्रो भएको छ । संस्कृतले ८ हजार र रत्नराज्यले ६ हजार नगद प्राप्त गरेको थियो । ५ स्वर्ण जितेका कनकमुनीका छात्र सुदीप थारु र ४ स्वर्ण जितेकी कनकुमनी कै छात्रा मनिषा केसी उत्कृष्ठ खेलाडी घोषित भएका थिए । बिजेता टोलीलाई कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, मेयर किरण सिंह र उप मेयर लक्ष्मी साउ ग्प्ताले पर्ुस्कार र प्रमाण पत्र बितरण गरेको थिए ।
सो अवसरमा महामन्त्री आचार्यले खेल र खेलाडी तर्फ सरकारले लगानी बढाउनदै जाुन पर्ने बताए । उनले खेलाडीहरुले देशको ईज्जत बढाउने काम गर्ने गरेकोले पनि उनीहरुलाइृ प्रोत्साहीत गर्ने खालको कार्यक्रम गर्नु पर्ने बताए । सो अवसरमा मेयर सिंहले कपिलवस्तु नगरपालिकाले खेल र खेलाडीको विकासकालागि सक्दो प्रयास गरेको बताए । उनले आगमी दिनमा पनि नगरपालिकाले खेल क्षेत्रकालागि लागनी बढाउदै लाने उनले बताए । कार्यक्रममा उप मेयर गुप्ता कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लागतयले शुभकामना मन्तब्य दिएका थिए।
खेल चार दिन सम्म चलेको थियो ।
प्रतिक्रिया