अर्थ-वाणिज्य

जीतपुरमा राप्रपा अध्यक्ष लिङदेनको चुनावी सभा : धेरै प्रबेश गराएर एमाले-कांग्रेसलाई चुनौती दिने तयारी



कपिलवस्तु १० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कपिलवस्तु आउनु हुने भएको छ । राप्रपा कपिलवस्तुले बाणगंगाको चारनम्बर जीतपुरमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन कपिलवस्तु आउनु लाग्नु भएको हो । कपिलवस्तुको बाणगंगा राप्रपाको खासै राजनैतिक प्रभाव क्षेत्र पनि होइन । यो जिल्लाकालागि सबैभन्दा पायक पर्ने बीचको स्थान पनि होेइन । प्राय सधै सदरमुकाम केन्द्रित भएर कार्यक्रम गर्दै आएको राप्रपाले यसपाली भने एमाले र कांग्रेसको बलियो पकड भएको वाणगंगा क्षेत्रलाई रोजेर आफूलाई प्रतिस्पर्धी देखाउन खोजेको आकलन गरिएको छ ।
अध्यक्ष लिङ्देनसहित, महामन्त्री एवम् नेपालगंज उपमहानगरपालिका मेयर डा.धवल शम्शेर राणा, वरिष्ठ नेता दिपक बोहोरा, पूर्व आईजिपी तथा पार्टीका उपाध्यक्ष ध्रुब बहादुर प्रधान, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयसहितका नेता यही चैत्र १६ गते बुधबार कपिलवस्तु आउने कार्यक्रम तय भएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझीले जानकारी दिनुभयो ।उहाँका अनसार सोही आमसभामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने नवप्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले स्वागत गर्नु हुने छ । केन्द्रिय सदस्य रायमाझीले आमसभामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आह्वान समेत गर्नुभएको छ ।
कपिलवस्तुमा अध्यक्ष लिङ्देनको आगमनले पार्टी थप सुदृढ हुने उहाँले दाबी गर्नुभएको छ । अध्यक्ष लिङ्देनको कपिलवस्तु आगमनलाई निकै महत्वका साथ हेरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनसंगै कपिलवस्तुमा केन्द्रिय स्तरका नेताको चहलपहल बढ्दै गएको छ ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६