अन्तर्राष्ट्रिय

२५६६ औं बुद्ध जयन्ती धुमधामले मनाइने :विश्वभरका बौद्ध दर्शनका अगुवालाई बुद्धभूमीमा निम्ताइने



कपिलवस्तु १० चैत्र। लुम्बिनी बिकास कोषले २५६६ औं बुद्ध जयन्ती बिशेष समारोह गरि मनाउने तैयारी थालेको छ । कोभिड र यसको असरको कारण बिगत २ बर्ष अनौपचरिक रुपमा सिमित कार्यक्रम गरि बुद्ध जयन्ती मनाएको कोषले यस पटक भब्य कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।ग्लोबव आवाजसंग कुरा गर्दै लुम्बिनी बिकास कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले २–३ बर्ष देखी लुम्बिनी आउन नपाएकोले विश्वभरमा बौद दर्शनका अगुवा र नेपालीहरु जुटाउने गरि कार्यक्रम गरिने जनाए । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनाउन नागरिक उड्डययन एवम पर्यटन मन्त्रालयले धेरै मेहनत गरेको हुदा यस पटकको बुद्ध जयन्तीले बिमानस्थलको प्रचार प्रसार र प्रवद्र्धनमा पनि भूमिका खेल्ने उद्देश्य सहित मनाउने तयारी भई रहेको भिक्षु मेत्तेयले जनाए ।
बिहान शोभायात्रा एवम औपचरिक कार्यक्रमहरु पहिले जस्तै मनाउने र नया कार्यक्रमको रुपमा नया ५ हजार क्षमताको ध्यानकेन्द्र पनि निर्माण भई अन्तिम अवश्थामा रहेकोले बुद्ध जयन्ती अगावै बाँकी सम्पन्न गर्ने र बुद्ध जयन्तीको दिनमा लुम्बिनीमा बस्ने भिक्षु, भन्ते, गुरुमाहरुद्वारा महापरित्राण पाठ र सामुहिक ध्यान गरि त्यसलाई सुरु गर्ने कोषको तयारी छ ।यस्तै कपिलवस्तुलाई विश्व सम्पदामा सुचिकृत गर्न लागेकोले कपिलवस्तुको पुरातात्विक र ऐतिहासिक महत्वलाई अझै प्रष्ट्याउन सम्पदाको लागी अन्तराष्ट्रिय गोष्ठिको आयोजना हुने भएको छ ।
कार्यक्रममा भाग लिन बिदेशबाट अहिले सम्म कसैलाई आमन्त्रण नगरिएको भए पनि अव आमन्त्रण गर्ने जानकारी दिदै औपचरिक कार्यक्रमको लागी नेपालका राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ठ पाहुनाहरु आउने तय भएको भिक्षु मेत्तेयले जानकारी दिए । यस संगै रामग्राम र देवदहमा कार्यक्रमहरु जोडिने उनले बताए ।कोभिड कम भए संगै लुम्बिनी विकास कोषले आम नेपाली नागरिकलाई बुद्ध जयन्तीमा भाग लिई यसलाइ भब्य रुपमा सफल बनाईदिन अपिल समेत गरेको छ । यस पटकको बुद्ध जयन्ती जेठ २ गते मनाईदैछ ।
लुम्बिनी विकास कोषले आगामी वर्षमा गर्ने कामहरुको कार्ययोजना समेत तय गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले कपिलवस्तु, लुम्बिनी, सैनामैना, देवदह, रामग्राम लगायतका कार्ययोजनाहरु अगाडी बढाईने बताए । यस अन्तर्गत नयाँ गन्तब्य र नौलो कार्यक्रमको श्रृजना गर्नको लागी कपिलवस्तु जाने तिर्थयात्रीहरुलाई कपिलवस्तु लैजान, त्यहा भुलाउन र डुलाउनको लागी भगवान बुद्धका जिवनसंग सम्बन्धित कपिलवस्तुका महत्वपूर्ण ऐतिहासिक शाक्य बंशका पात्र चिन्ने गरि “शाक्यबंश मेमोरियल पार्क” बनाउने कार्यक्रम पनि अगाडी बढेको छ । पार्कमा भगवान गौतम बुद्धका पिता महाराज शुद्धोधन, हामा महामाया देवी, आफ्नै आमा सरह हुर्काउन प्रजापति गौतमी, श्रीमति यशोधरा देवी, छोरा राहुल र आनन्द भिक्षु जस्ता कपिलवस्तुका महत्वपूर्ण पात्रहरुलाई राखिनेछ ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६