खोज–अनुसन्धान

प्रदेशका ७ मध्ये ५ कांग्रेस सभापति गठबन्धनको विरुद्धमा :एमालेसंग पनि गठबन्धन बनाउन माग




काठमाडौँ ११ चैत्र । प्रधानमन्त्री शेर वहादुर देउवाले स्थानीय चुनावमा गठबन्धन गर्ने विषयमा कार्यकर्तालाई सकारात्मक हुन निर्देशन दिइरहेका बखत सातमध्ये नेपाली कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा लुम्विनी सहितका ५ प्रदेशका सभापति विपक्षमा बोलेका हुन् ।मधेस प्रदेका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही, सुदूरपश्चिमका वीरबहादुर बलायर गठबन्धनको विपक्षमा देखिएका छन् ।यसमध्ये लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमा खरो रुपमा देखिएका छन् ।केन्द्रले जवरजस्ती लादे प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
सुदुर पश्चिम सभापति माओवादीले दुस्ख दिएकाले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ। प्रदेश २ का सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् । प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा उभिएमा छन्।उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासिनहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।
यतानेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आवश्यकताअनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने धारणा आएको छ । बैठकमा धारणा राख्ने क्रममा कतिपय जिल्लाको अवस्थाबारे जानकारी गराउँदै केन्द्रीय सदस्यहरुले आवश्यकताअनुसार नेकपा एमालेसँग समेत गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । शुक्रबारको बैठकमा कांग्रेसको चुनावी अभियानमा खटिएका २१ जना केन्द्रीय प्रतिनिधि नेताहरुले धारणा राखेका थिए ।त्यस क्रममा केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हासिल गर्नकालागि नेकपा एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएकी थिइन् ।
त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले समेत कर्णाली प्रदेशका कतिपय जिल्लामा नेकपा माओवादी केन्द्रका विरुद्व एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताएका थिए । ‘अहिले कम्युनिस्टहरू फुटेका छन्, यस्तो बेलामा कांग्रेस एक्लै लड्नु राम्रो हुन्छ,’ उनले भनेका थिए, ‘यदि गठबन्धन नै गर्ने हो भने कर्णालीका कतिपय जिल्लामा एमालेसँग गठबन्धन गरेर माओवादी तह लगाउनुपर्ने अवस्था छ ।’बैठकमा बोल्ने अधिकांशले स्थानीय आवश्यकताअनुसार, मतभार समेतको व्याख्या गरेर पार्टीलाई लाभ हुने गरीमात्रै गबठन्धन गर्नुपर्ने धारणा राखेका छन् ।
प्रवक्ता प्रकाशसरण महतले बैठकमा वक्ताहरुले मिश्रित धारणा राखेको जानकारी दिए । उनले सरकार निर्माणको क्रममा एक खालको गठबन्धन बनेको भएपनि चुनावी गठबन्धनबारे अहिल्यै यो दलसँग गर्ने र अर्को दलसँग नगर्ने भनेर कांग्रेस नभनेको बताए । ‘सत्ता गठबन्धन एउटा हो, सकेसम्म सत्ता गठबन्धन दलसँगै मिलेर जानुपर्छ भन्ने हो, तर हामीले यी दलसँग गठबन्धन गर्ने, अरुसँग नगर्ने भनेका छैनौँ,’ उनले भने । सभापति शेरबहादुर देउवाले भने सत्ता गठबन्धनलाई चुनावी गठबन्धनकोरुपमा अघि बढाउने मनस्थिति बनाएका छन् ।

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६