जीवनशैली

जारको पानी पिउँदा तीन विद्यार्थी बिरामी ,विष मिसाइएको आशङ्का



खोटाङ १४ चैत – विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला विक बिरामी परेका हुन् ।

विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीमा रहेको एक अस्पतालमा र कुवँरको ओखलढुङ्गाको एक अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधार भइरहेको दाम्ली माविका प्रधानाध्यापक गमराज राईले बताउनुभयो । 

विद्यालयका परिचरले आज सोमवार बिहान सधैँझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए । विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो । त्यो पानी केही छात्रले पिएका थिए । त्यसपछि पानी पिउन गएका तीन छात्र÷छात्रा बिरामी परेका हुन् ।

पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको छ । पानीमा विषादी मिसिएको आशङ्कामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो । 

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६