अर्थ-वाणिज्य

१२ औं कपिलवस्तु महोत्सव ऐतिहासिक रुपमा सम्पन्न



कपिलवस्तु १४ चैत । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनी ऐतिहासिक रुपमा सम्पन्न भएको आयोजकले दाबी गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनमा महोत्सव चैत्र १३ गतेदेखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा ऐतिहासिक रुपमा सम्पन्न भएको हो । महोत्सवमा आयोजकको अपेक्षा अनुसार दर्शकहरुको उत्साहजनक सहभागि रहि ऐतिहासिक रुपमा सम्पन्न भएको महोत्सवका संयोकजक समेत रहनुभएका संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो । ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ सम्पन्न महोत्सवले कपिलवस्तुको पहिचान दिन सफल भएको उहाँको भनाई छ । यो प्रतिकुल मौसममा पनि आफुहरुले महोत्सवलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताले महोत्सव संचालन गरेको र त्यसमा आफुहरु सफल भएको उहाँको दाबी छ ।

महोत्सवलाई सफल गराउन आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई अध्यक्ष घिमिरले धन्यवाद दिदैं आगामी दिनमा पनि उक्त साथ सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । यस क्षेत्रको उद्योग, व्यवसाय, पर्यटन, कला, साँस्कृति, शिक्षालाई महोत्सवले समेटन सकेको उहाँले बताउनुभयो । उहाँले साथमा यहाँको राजनितिक अवस्थालाई महोत्सवले एकिकृत गर्न सकेको बताउनुभयो ।

यस्तै कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले महोत्सव एक उत्साहका साथ ऐतिहासिक रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले महोत्सव सफल बनाउन सबैको भूमिका अत्यन्तै अहम रहेको बताउनुभएको छ । उहाँले सबैलाई यो साथ सहयोगका लागी आभार समेत व्यक्त गर्नुभएको छ ।

महोत्सवको उद्घाटन नेपाल सरकार गृहमन्त्री बालकृष्ण खाँणले गर्नुभएको थियो भने नेकपा एमालेका नेता तथा पुर्वमन्त्री महेश मस्नेतले समापन गर्नुभएको थियो ।

यस्तै १० औँ कपिलवस्तु डान्स आईडलको उपाधी जुना सिंजालीले जितेकी हात पारेकी छिन् । महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको डान्स आईडलको उपाधी सिंजालीले जितेकी हुन् ।

त्यस्तै डान्स आईलको द्धितीय कोपिला क्षेत्री र संगम रोका मगर तृतीय हुन सफल भएका छन् ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६