प्रदेश

कांग्रेस कमजोर भएर बैशाखीको सहारा खोज्यो



कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाको बलियो पार्टी नेपाली कांग्रेस कमजोर भएर अहिले बैशाखीको सहारा खोज्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।

सोमवार कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई ‘कुनै जमानाको बलियो साँढे’को संज्ञा दिंदै अहिले ऊ बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे । गठबन्धनका अन्य दलहरुको कुनै विचार नै नभएको भन्दै उनले उनीहरूलाई बिचराबाहेक केही भन्न आवश्यक नरहेको टिप्पणी गरे ।  एमालेको शक्तिका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै प्रस्ट पारीसकेको बताउँदै ओलीले अब सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । “एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि चाहिएको छ, यसलाई एमाले चाहिएको छ, त्यो जनलहरले प्रस्ट छ ।” कार्यक्रममा ओलीले भने,–“एमाले प्रवेश गर्ने सबैको भविष्य सुनिश्चित, किन एमालेमा आएछु भन्नुपर्नेछैन, एमाले कसैलाई अलमलाउने पार्टी होइन, आफ्ना स्वार्थका लागि होइन देश बनाउनका लागि एमाले बलियो बन्दै छ ।” एमाले नेतृत्वको सरकारले विकासमा गरेको जनलहरले अहिले तराई मधेश सहित सबैतिरका जनताले साथ दिएको बताउँदै ओलीले नयाँ उत्साहका साथ एमाले अगाडि बढेको बताए । एमालेका पक्षमा तराइमा देखिएको जनलहरले आगामी सबै निर्वाचनमा एमालेको जित सुनिश्चित गरेको उनको दावी थियो । 

कार्यक्रममा अध्यक्ष ओलीले पूर्व मन्त्री एवं संघीय सांसद बृजेशकुमार गुप्तासहित कपिलवस्तुका पूर्व प्रदेशमन्त्री, मेयर तथा वडाध्यक्षहरुलाई एमाले प्रवेश गराएक थिए । 

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६