जीवनशैली

स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू



काठमाण्डाै १५ चैत – शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।

आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् ।

आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।

आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।

झन्डै पाँच वर्षपछि हुन लागेको परीक्षामा सय पूर्णाङ्कको परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुनेछन् । 

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६