अर्थ-वाणिज्य

गठबन्धन सरकार सुकुम्वासी र भूमीहिन विरोधी : ओली



कपिलवस्तु १५ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासका थुप्रै आधार तयार गरेको दावी गर्नुभएको छ । मंगलबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा निर्माण गरिएको भ्युटावर उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारले गरेको पूर्वाधार विकासका कामको जनमानसलाई पनि जानकारी गराउनुपर्ने बताउनुभयो । एमालेले गरेका काम जनतालाई भ्रममा पारेर अरु कसैले जस लिन सक्ने भन्दै उहाले सचेत नागरिकले ख्याल गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष ओलीले मुलुकको स्रोत साधनको सहि उपयोग गरेर विकासको लहर बनाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले रुपन्देहीमा देखिएको सुकुम्वासी समस्या समाधान गर्न गठबन्धन सरकारले रोकेको आरोप पनि लगाउनुभयो । उहाले अध्यक्ष ओलीले विकासका योजनालाई निरन्तर अगाडि बढाउनुपर्ने र आधुनिक प्रविधिमा कृषिलाई ध्यान दिदै उत्पादन बढ्ने गरी स्थानीय सरकारले योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने भन्दै बहुउद्देश्यीय टावर निर्माण गरेको हो । कुल ११ करोड ४५ लाख ८१ हजार ३ सय ३२ रुपैयाँमा टावर निर्माण भएको बताइएको छ ।

एक सय ३४ फिट उचाइको १० तले टावरको भुईँ तला ३ हजार ५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताउनुभयो ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६