रुपन्देही १६ चैत्र । आगामी चुनावलाई मध्यनजर गर्दै नेपाल प्रहरीले निश्चित समयका लागि म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले देशव्यापी रूपमा सबै जिल्लामा र उपत्यकाका लागि निवेदन दर्ता माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि मनाङमा २५८ जना माग गरेकोमा आवश्यकभन्दा न्यूनले आवेदन दिएका छन् ।
यही ६ देखि ११ चैतसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कम १४२ जनाको मात्र आवेदन परेको छ । मागभन्दा कमको आवेदन परेपछि विगतमा अन्य जिल्लाबाट ल्याएर माग पूर्ति गरिएको थियो । केही जिल्लामा मागभन्दा कम भए पनि रुपन्देहीमा तीन गुणा बढीले आवेदन दिएका छन । रुपन्देहटीमा एक हजार ५७९ महिलासहित नौ हजार ४२४ जनाले निवेदन दिएका छन् ।
म्यादी प्रहरीको छनोट प्रक्रिया १५ चैतदेखि सुरू भएको छ । रुपन्देहीमा २०८ मतदानस्थलका लागि आगामी निर्वाचनका लागि ९४ वटा मतदान केन्द्र थपिएको छ । ७०४ वटा मतदान केन्द्र निर्धारण भएको रुपन्देहीको १६ वटा स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, उच्च सुरक्षा संवेदनशीलता, मतदान केन्द्रको संख्याको आधारमा निर्वाचनको सुरक्षाका लागि ती म्यादी प्रहरी खटाइने भएको हो ।
१६ चैत्र २०७८, बुधबार
प्रतिक्रिया