जीवनशैली

म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी



जुम्ला १६ चैत – जुम्लामा म्याद नाघेको जुस खाँदा २५ जना विद्यार्थी बिरामी भएका छन् । जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका ५ देपालगाउँको हिमाली बोर्डिङ स्कुलका विद्यार्थीले म्याद नाघेको जुस खाँदा उनीहरू बिरामी परेका हुन् । स्कुलका प्रधानाध्यापक मन्जील गिरीले म्याद नाघेको जुस खाँदा दुई सय ६० मध्ये २५ जना विद्यार्थी घाइते भएका जानकारी दिनुभयो । पानीमा पनि केही मिसिएको हो कि भन्ने आशङ्कामा पानी परीक्षण गर्न थालिएको उहाँको भनाइ छ । 

विद्यार्थीमा पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएपछि विद्यालय आज बुधवारदेखि आउँदो आइतवारसम्म बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक गिरीले बताउनुभयो । औषधि खाएपछि अहिले विद्यार्थीहरूको अवस्था सामान्य भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा अभिभावकसँग पनि छलफल गर्ने तयारी गरेको उहाँको भनाइ छ । यहाँका गाउँघरतिर रहेका साना बजारमा म्याद नाघेका अखाद्य वस्तु भेटिँदै आएको छ । बजार अनुगमन गर्ने र अखाद्य वस्तु नियमन गर्ने अधिकार स्थानीय तहलाई भए पनि यस्ता विषयमा जनप्रतिनिधिले चासो नदिएको स्थानीयवासीको गुनासो छ । 

प्रकाशित : १६ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६